दफा १२९
हानि नोक्सानी सम्बन्धी उजुरी
(१) कुनै बीमक वा निजको कुनै सञ्चालक वा पदाधिकारी वा कर्मचारीले वा बीमा मध्यस्कथकर्ता वा अन्य बीमा सेवा प्रदायकले कुनै बीमितको हक हित विरुद्ध कुनै कार्य गरी. निजलाई हानि नोक्सानी पुग्याएमा सम्बन्धित बीमक जिम्मेवार हुनेछ र सो बापत क्षतिपूर्ति तिर्नु बुझाउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम कुनै कार्य गरी हानि नोक्सानी पुन्याएमा सो कुरा थाहा पाएको मितिले तोकिएको अवधिभित्र बीमितले प्राधिकरणसमक्ष उजुरी गर्न सक्नेछ।

(३) उपदफा (२) बमोजिम उजुरी परेमा प्राधिकरणले आवश्यक अनुसन्धान वा जाँचबुझ गरी सम्बन्धित बीमक, सञ्चालक, पदाधिकारी, कर्मचारी वा सम्बन्धित बीमा मध्यस्थकर्तालाई प्रतिउत्तर पेश गर्न सात दिनको समय दिनेछ।

(४) उपदफा (३) बमोजिम प्रतिउत्तर प्राप्त भएमा वा प्रतिउत्तर दिने म्यादभित्र प्रतिउत्तर प्राप्त नभएमा प्राधिकरणले आवश्यक जाँचबुझ गरी हानि नोक्सानी पुच्याउने पक्षबाट क्षतिपूर्ति बापत मनासिब रकम उजुरीकर्तालाई भराउन वा उजुरीकर्ता र बीमकबीच मिलापत्र गराउन आदेश दिन सक्नेछ। (५) उपदफा (४) बमोजिम क्षतिपूर्ति भराउने आदेश दिएकोमा त्यस्तो आदेश उपर चित्त नबुझ्ने पक्षले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ।

(६) यस दफा बमोजिम उजुरीको कारबाही सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।